हरिहरपुरगढी देखि सिन्धुलीगढी सम्म पदयात्रा सुरु


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -१ बसेरी गढी किल्लामा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली सेना श्री भवानीबक्स गण र हरिहरपुरगढी गाउँपालिकाको सहकार्य तथा समन्वयमा ऐतिहासिक हरिहरपुरगढी – सिन्धुलीगढी पदयात्रा आज एक औपचारिक कार्यक्रम बिच सुरु भएको छ ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा, श्री नं ९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्की,भवानीबक्स गणका गणपति प्रमुख बद्री कुबर, नं.१ वन तथा पर्यावरण सुरक्षा गणका सेनानी पुरुषोत्तम आचार्य,सर्लाहि जिल्ला स्थित भैरवीदल गणका गणपती प्रमुख सुर्यबहादुर कार्की, दोलखा जिल्ला स्थित गरुणदल गणका गणपति सुरज बस्न्यात, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, महोत्तरी जिल्ला स्थित गोरखनाथ जिल्लाका निमित्त गणपति सेनानी ध्रव कार्की , रामेछाप जिल्ला स्थित खड्कदल गणका निमित्त गणपति सेनानी हरिप्रसाद तिवारी, शशस्त्र प्रहरी प्रमुख बलराम प्रसाई, सिन्धुलीगढी तथा ऐतिहासिक साँस्कृतिक सम्पदाहरु सम्वन्धि विज्ञ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल चौरसिया, वडाअध्यक्षहरु तथा गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
हरिहरपुरगढी किल्लाबाट आज हिडेका ४५ जना सेनाको टोली , जितपुर भीमगढ, सेपाहा, मरिण गाउँपालिकाको खलंगा, मधुवनी, घ्याङलेख गाउँपालिकाको चन्दनपुर, फापरचुली, सुनकोशी गाउँपालिकाको बन्दीपुर, मतानवास, नागी हुँदै फागुन १४ गते सिन्धुलीगढी पुग्नेछन् ।