मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा

Mero Patra
मेरो पत्र
जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा


रौतहट ३० , माघ
टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी का लागि रोमाञ्चक अफरको घोषणा गरेको छ । यस अफर अन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि सम्मका लागी समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको गणपति अटो एण्ड सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक रामहरी पण्डितले जानकारी दिनुभयो ।
बुृधबार चन्द्रपुरमा रहेको गणपति मा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले व्यानर अनावरण गर्दै अफरको सुरुवात गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले टिभिएस मोटरसाइकल र स्कुटरले ग्राहकको मन जित्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा आफ्ना ग्राहकहरुलाई गुनासो गर्ने ठाउँनै नदिइकन काम गर्न सुझाउनुभयो ।
यो विशेष अफर अन्तर्गत नेपाल भरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यस स्किम अन्र्तगत ग्राहकवर्गले रु.३१ हजारसम्मको बचत गर्न सक्ने यस सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास लिएको सञ्चालक पण्डितले जनाउनुभयो ।
टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्दै उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको र यस सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने उहाँको भनाइ छ ।
यसैबीच ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्ने र यसले ब्रान्डलाई ग्राहक केन्द्रित र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा अग्रणी प्रमाणित गर्ने कम्पनीको विश्वास छ ।
सो अफरको सुरुवात कार्यक्रममा सञ्चारकर्मीहरु अशोक पहाडी, रमेश तिमल्सिना, श्याम कार्की, सन्तोष काफ्ले , मुकेश साह, रुपेन्द्र पटेल, दिपेन्द्र मिश्रा लगायत विभिन्न मोटरसाइकल वर्कसपका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।