मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको प्रथम बैठक सम्पन्न

Mero Patra
मेरो पत्र
माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको प्रथम बैठक सम्पन्न


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हरिहरपुरगढी गाउँ कमिटीको प्रथम बैठक आज आइतबार सम्पन्न भएको छ । गाउँ कमिटीका अध्यक्ष जितबहादुर ठाडाको अध्यक्षता तथा पार्टीका सिन्धुली जिल्ला इञ्चार्ज बुद्धिमान माझीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्नुहुँदै जिल्ला इन्चार्ज माझीले माघ महिनाभित्रमा पार्टीको आन्तरिक सुदृढीकरणसहित बैठक, भेला सभा, सम्मेलन सम्पन्न सरिसक्ने बताउनुभयो । उहाँले हरिहरपुरगढीमा जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध रहेको भन्नुहुँदै प्रशंसा गर्नुभयो ।
“पार्टी मुख्य हो, जनप्रतिनिधि सहायक । किनकि त्यो मोर्चा हो । सरकारको मोर्चाबाट जनतालाई सेवा प्रवाह गर्ने हो । विकासको माध्यमबाट नै संगठनलाई सुदृढीकरण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध एकदमै अभिभाज्य रहेको इञ्चार्ज माझीको भनाइ छ । “यी दुवैले एकले अर्काेलाई पूरक काम गर्छ । पार्टीको निम्ति जनप्रतिनिधि बाधक हुन्छ भन्नु भ्रममात्रै हो,” उहाँले थप्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका बामगती प्रदेशका सहसचिव प्रकाश श्रेष्ठले कम्युनिस्टहरुले बनाउन खोजेको राज्यसत्ता समाजवादी राज्यसत्ता रहेको बताउनुभयो । कम्युनिस्ट आन्दोलनको सात दशकको एउटा अध्याय सकियो । जुन सामन्तवादविरुद्धको लडाइँ अन्त्य गरेर अब पुँजीवादविरुद्धको लडाइँ सुरु भएको श्रेष्ठले बताउनुभयो ।
कम्युनिस्टका पछिल्लो पुस्ताहरु भौतिकवादीभन्दा बढी आध्यात्मकवादतर्फ बढी केन्द्रित भइरहेको श्रेष्ठको भनाइ छ । त्यसैका लागि पनि कम्युनिस्ट प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सदस्य तथा गाउँपालिका इञ्चार्ज ज्ञानबहादुर राई, बागमती प्रदेश सदस्य बाबुराम राईलगायतको उपस्थिति रहको थियो ।