Skip to content

शैक्षिक विकासमा योगदान पुर्‍याएको भन्दै नगर शिक्षा अधिकारी मण्डल सम्मानित

शैक्षिक विकासमा योगदान पुर्‍याएको भन्दै नगर शिक्षा अधिकारी मण्डल सम्मानित
प्रकाशित:
शब्दको आकार

चन्द्रपुर , १६ माघ/ चन्द्रपुर नगरपालिकाको शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बाल निकेतन माध्यमिक विद्यालय, चन्द्रपुर–६, रौतहटले चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डललाई सम्मानित गरेको छ। विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा उहाँलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो।कार्यक्रममा बाल निकेतन माध्यमिक विद्यालयका अध्यक्ष रामकुमार भट्टराई र कार्यकारी निर्देशक दिपक रेग्मीले संयुक्त रूपमा नगर शिक्षा अधिकारी मण्डललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। सम्मान कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका वक्ताहरूले नगर शिक्षा अधिकारी मण्डलले चन्द्रपुर नगरपालिकाभित्र शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन सुदृढीकरण तथा शिक्षकहरूको क्षमता विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

उहाँको सक्रिय पहलका कारण नगरभित्रका विद्यालयहरूमा शैक्षिक वातावरण सुधार हुँदै गएको र विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन देखिएको वक्ताहरूको भनाइ थियो।सम्मानित भएपछि नगर शिक्षा अधिकारी मण्डलले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै शिक्षा क्षेत्रको विकास सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो। उहाँले आगामी दिनमा पनि नगरपालिकाभित्रको शिक्षा प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र प्रविधिमैत्री बनाउन निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष रामकुमार भट्टराईले शिक्षा क्षेत्रको उन्नयनमा योगदान पुर्‍याउने व्यक्तित्वको सम्मानले अरूलाई पनि सकारात्मक कार्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
This author hasn't written a bio yet.

Comments

1 Comment

Your email address will not be published. Required fields are marked *

Related Posts