Skip to content

हेटौंडामा ट्रामाडोलसहित दुई युवक पक्राउ

हेटौंडामा ट्रामाडोलसहित दुई युवक पक्राउ
प्रकाशित:
शब्दको आकार

हेटौंडा, मकवानपुर | लागूऔषध ट्रामाडोलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

आज (सोमबार) दिउँसो करिब १:३० बजे प्रहरी चौकी चौकीटोल, मकवानपुरबाट खटिएको गस्ती टोलीले हेटौंडा उपमहानगरपालिका–५ स्थित सानो पोखरा चोक नजिकै शंकास्पद रूपमा बसिरहेको अवस्थामा दुई जनालाई फेला पारेको थियो।

रितपूर्वक खानतलासी गर्दा उनीहरूले लुकाई राखेको अवस्थामा १६० ट्याब्लेट ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बागमती गाउँपालिका–१ घर भई हाल हेटौंडा–५ बसोबास गर्दै आएका २४ वर्षीय आशिष अधिकारी र हेटौंडा–२ निवासी २९ वर्षीय विज्ञान डिम्डुङ रहेका छन्।

हाल दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts