Skip to content

प्रकाश र सुमिनाले लाईभ सेलो साझमा हेटौडा तताए

प्रकाश र सुमिनाले लाईभ सेलो साझमा हेटौडा तताए
प्रकाशित:
शब्दको आकार

हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम सम्पन्न भएको छ। हिजो शनिबार हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम भएको हो ।

कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश तितुङ र चर्चित गायिका सुमिना लोले प्रस्तुती दिएका थिए ।क्याम्साङ गैरिला , छाता कोशी , स्याउ स्याउ नाना लगायतका चर्चित गीत गाएका थिए, पल्पसा सदनको हलमा भएको कार्यक्रममा सयौ दर्शक झुमेका थिए । टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित-संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।ओपेरा इन्फोटेन्ट्मेन्टले आयोजना गरेको कार्यक्रममा डम्फु, टुङ्ना सहित लाईभ बाजामा हेटौडामा पहिलो पटक भएको हो ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् भने कार्यक्रमको अध्यक्षता आयोजक संस्था ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रालिका प्रबन्धक बिक्रम लुङ्‌बाले गरेका थिए।

कार्यक्रममा अनुमानित संख्याभन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जानकारी दिए।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

Author
This author hasn't written a bio yet.

Related Posts