मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

जनज्योतिमा अनेरास्ववियुले बुझायो क्याम्पस प्रशासनलाई विद्यार्थीको हस्ताक्षर

Mero Patra
मेरो पत्र
ad
जनज्योतिमा अनेरास्ववियुले बुझायो क्याम्पस प्रशासनलाई विद्यार्थीको हस्ताक्षर
adad

रौतहट,चन्द्रपुर,साउन १० :अनेरास्ववियु जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर इकाई कमिटीले आफूहरूले मागेको स्ववियू कोषको हिसाब क्याम्पस प्रशासनले नदिएको भन्दै विद्यार्थीहरूको हस्ताक्षर सङ्कलन गरी क्याम्पस प्रशासनलाई बुझाएको छ। क्याम्पस प्रशासनले प्रत्येक विद्यार्थीबाट ३ सयका दरले उठाउने स्ववियु कोषको रकम व्यापक दुरुपयोग गरिएको भन्दै अनेरास्ववियुले जनज्योति बहुमुखी क्याम्पस स्ववियु कमिटीसँग स्ववियु कोषको आम्दानी खर्चको हिसाब किताब लिखित रुपमा माग गरेको थियो। तर सो बिउले आफूहरूले सोको जिम्मा नलिने र खर्च सबै क्याम्पसको अडिट रिपोर्टमा आएर क्याम्पस सभाबाट पारित भएको भन्दै क्याम्पस प्रशासनसँगै हिसाब माग्न लिखित जवाफ दिएको थियो।
त्यसपश्चात् आफूहरूले क्याम्पस प्रशासनसँग सो कोषको हिसाबकिताब माग गरे पनि आजसम्म आलटाल गरेर टारेकाले आफुहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गर्दै अगाडि बढेको इकाइका अध्यक्ष दामोदर उप्रेतीले बताउनुभयो। उहाँले अहिले पहिलो चरणमा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको हस्ताक्षर सहितको पत्र क्याम्पस प्रशासनलाई बुझाएर पुन हिसाब किताब माग गर्ने र यसलाई पनि वेवास्ता गरे थप कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
कानुनत: स्ववियुको अवधि समाप्त भएपनि जनज्योति बहुमुखी क्याम्पसमा रहेको स्ववियुले नियम विपरीत खर्च गरेको र खर्च रकम पारदर्शी नगरेको भन्दै अनेरास्ववियुले सो क्याम्पसमा विभिन्न सङ्घर्षका कार्यक्रमहरू गर्दै आइरहेको छ।

ad