हरिहरपुरगढीको बढारे जितपुर खानेपानी योजनाको नयाँ निर्माण शिलान्यास


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १मा बढारे जितपुर खानेपानी योजनाको नयाँ निर्माण शिलान्यास भएको छ ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता तथा वडा नम्बर १का वडा अध्यक्ष जितबहादुर थिङको उपस्थितीमा वडा नम्बर १ स्थित बढारे जितपुर खानेपानी योजनाको नयाँ निर्माण शिलान्यास गर्नुभएको छ । लामाद्धारा पूजापाठ गरि योजनाको विधिपुर्वक शिलान्यास गरिएको थियो ।
बागमती प्रदेश सरकारबाट हस्तानतरित कार्यक्रम (शसर्त अनुदान) तथा हरिहरपुरगढी गाउँपालिकाद्धारा बढारे जितपुर खानेपानी योजनाको नयाँ निर्माण हुन लागेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले मानिसको जिवनमा अपरिहार्य रहेको खानेपानीको लागि यहाँका स्थानीयले बर्षो देखि समस्या भोग्दै आइरहेकोले अवका दिनमा त्यस्ता समस्या भोग्न नपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य शुसिल घिसिङ, न्यायिक सहजकर्ता लोक बहादुर गोले, सव–इन्जिनियर विश्व थापा मगर, वडा सचिव लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।