सिन्धुलीको हरिहरपुरगढी भाईरल जङ्गलमा खानेपानी व्यबस्था


सिन्धुलीको हरिहरपुरगढी -२ श्रीपुरमा भाईरल जङ्गल र श्रीपुर बजारको खानेपानी उद्घाटन तथा नयाँ बर्ष २०८२ शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा वडा नम्बर २ स्थित भाइरल जङगल र श्रीपुर बजार खानेपानी योजनाको उद्घाटन तथा नयाँ वर्ष २०८२ सालको उपलक्ष्यामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष कमल राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,१ नम्बर वडाका अध्यक्ष जित बहादुर थिङ,२ नम्बर वडाका अध्यक्ष विश्व राई,५ नम्बर वडाका अध्यक्ष साईला लामा, ७ नम्बर वडाका अध्यक्ष बिच बहादुर मोक्तान,८ वडाका अध्यक्ष धन बहादुर मोक्तान राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटन प्रवद्र्धनको लागि भाइरल जङ्गलमा खानेपानीको व्यवस्था,रंगरोगन गरिएको छ ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष वाईबाले पालिकाको सम्भावित पर्य टकिय स्थललाई संरक्षण र सम्बर्द्धन गरिने बताउनभयो वहाले म काम गर्नकै लागि जनताको मत पाएर जितेर आएको र जनताले देख्ने काम गरेर जनताको अनुहारमा खुशी ल्याउने बताउनुभयो ।