मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीमा स्वास्थ्य शिबिर सम्पन्न १४८० जनाले सेवा पाए

Mero Patra
मेरो पत्र
हरिहरपुरगढीमा स्वास्थ्य शिबिर सम्पन्न १४८० जनाले सेवा पाए

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -४ झ्याडीमा फागुन १९ देखि २१ गते सम्म संचालन भएको ३ दिने निशुल्क स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ।

हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा कारितास नेपालको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वय र जानकी मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर सन्चालन भएको थियो ।

शिविरमा जनरल मेडिसिन सेवा, स्त्रि तथा प्रसूति रोग सेवा, बालरोग सेवा, दन्तरोग सेवा, आँखा जाँच सेवा, हाडजोर्नि सम्बन्धि सेवा, छाला रोग, नाक कान घाँटी, प्रयोगशाला सेवा, इसिजि युएसजि सेवा र निःशुल्क औंषधी बितरण सेवा प्रवाह गरिएको थियो । शिविरमा हार्डजोर्नी सम्बन्धि ३७९ जना आखा रोग सम्बन्धि ८८४, जनरल सेवा ३७३ थप उपचार प्रेषण २१०,सामान्य शल्यक्रिया ४३ ,नाककान घाटी १९० ,इसिजी ७२ ,भिडियो एक्सरे( युयस जी ) १४० बालरोग १७२ ,स्त्रीरोग १५९ चस्मा वितरण २११ गरिएको थियो।शिबिरमा बिरामी ओसारपसार गर्न सबै वडाबाट बसको ब्यबस्था गरिएको थियो ।

शिबिरबाट १४८० जनाले स्वास्थ्य उपचार पाएको र आगामी दिनमा यस्तै किसिमको स्वास्थ्य शिबिर संचालन गरिने कारितास नेपाल सिन्धुलीका स्वास्थ्य अधिकृत पूर्ण भण्डारीले बताउनुभयो।