Skip to content

चन्द्रनिगाहपुर सिटी जेसीजद्वारा शहीद दिवसमा राष्ट्रिय झण्डा झन्डोत्तोलन तथा दीप प्रज्वलन

चन्द्रनिगाहपुर सिटी जेसीजद्वारा शहीद दिवसमा राष्ट्रिय झण्डा झन्डोत्तोलन तथा दीप प्रज्वलन
प्रकाशित:
शब्दको आकार

चन्द्रपुर , १६ माघ / चन्द्रनिगाहपुर सिटी जेसीजले शहीद दिवसको अवसरमा चन्द्रनिगाहपुर मेनचोकमा राष्ट्रिय झण्डा झन्डोत्तोलन तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। देशका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा स्थानीय समाजसेवी भरत अधिकारी र चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष देवराज न्यौपानेले संयुक्त रूपमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गर्नुभएको थियो। झन्डोत्तोलनपछि शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गरिएको थियो भने उपस्थित सबैले मौनधारण गर्दै शहीदहरूप्रति सम्मान व्यक्त गरेका थिए।कार्यक्रममा चन्द्रनिगाहपुर सिटी जेसीजका पदाधिकारी तथा सदस्यहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, चन्द्रपुर नगरपालिका–४ का वडा सदस्य विनोद सिटौला लगायतको पनि उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले शहीदहरूको बलिदानकै कारण आज देशमा लोकतन्त्र, स्वतन्त्रता र नागरिक अधिकार स्थापित भएको उल्लेख गर्दै ती आदर्शलाई व्यवहारमा उतार्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष विकीज घिमिरेले शहीद दिवस केवल सम्झनाको दिन मात्र नभई आत्मबलिदानको मूल्य बुझ्ने र राष्ट्रप्रतिको कर्तव्यबोध गर्ने अवसर भएको बताउनुभयो। उहाँले चन्द्रनिगाहपुर सिटी जेसीजले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

शहीद दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय तहमा राष्ट्रप्रेम, एकता र सामाजिक सचेतनाको सन्देश प्रवाह गरेको संस्थाका अध्यक्ष देवराज न्यौपानेले भनाइ छ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts