Skip to content

हरिहरपुरगढीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हरिहरपुरगढीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिका–२ स्थित चैनपुर खेलकुद मैदानमा माघ १३ गतेदेखि ‘हरिहरपुरगढी गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिता माघ १५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन एक समारोहबीच गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाईबाले गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष सुबेदी, प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कमल कुमार राई, वडा नं. ८ का अध्यक्ष धनबहादुर मोक्तान, वडा नं. २ का अध्यक्ष विश्व राईलगायतको उपस्थिति रहेको थियो।

गाउँपालिकाको समन्वयमा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा भलिबल, लङजम्प, हाईजम्प र सर्टफुटजस्ता खेल समावेश गरिएको छ। प्रथम, द्वितीय र तृतीय हुने खेलाडी तथा विद्यालयलाई शिल्ड, प्रमाणपत्र र पुरस्कार प्रदान गरिनेछ।

उद्घाटन समारोहमा अध्यक्ष वाईबाले विद्यार्थीहरूको प्रतिभा पहिचान तथा विकासका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालय तहदेखि नै खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको र आगामी आर्थिक वर्ष ०८३/८४ मा विषयगत खेलकुद कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिने जानकारी दिनुभयो। साथै, सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधारका लागि आवश्यक आर्थिक, भौतिक तथा शैक्षिक सामग्री व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो।

युवा तथा खेलकुद विकास समितिका संयोजक लक्ष्मीबहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts