Skip to content

हरिहरपुरगढीमा योजना सम्झौता तथा उपभोक्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

हरिहरपुरगढीमा योजना सम्झौता तथा उपभोक्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ को योजना सम्झौता तथा उपभोक्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडाका अध्यक्ष साइला लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गाउँपालिकाका इन्जिनियर बेन्जामेन श्रेष्ठ, आर्थिक प्रशासन शाखा प्रमुख शिवराज रेग्मी तथा योजना शाखा प्रमुख राजु कुमार उप्रेतीेले सम्झौता गर्न आउनु भएका उपभोक्ताहरुलाई प्रशिक्षण गराउनु भएका थिए । प्रशिक्षण कार्यक्रममा उपभोक्तालाई योजनाको डिजाइन इस्टिमेट, निर्माण कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समग्रीको खरिद, वित्तीय पक्ष, श्रमदान, भुक्तानी लिन आउँदा आवश्यक कागजपत्र,रकम निकासा तथा व्यवस्थापन, योजनाप्रति अपनत्व, समावेशी सहभागिता लगायतबारे जानकारी गराइएको छ ।
कार्यक्रममा वडा नम्बर ५ का सदस्यहरु, वडा सचिव गणेश राई र सब-इन्जिनियर सबिता माया बम्जन लगायत उपस्थित रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts