मेरो पत्र Logo
मेरो पत्र Logo

राजनीति

विज्ञापन
प्रधानमन्त्री ओली र भारतीय राजदूत बीच  भेटघाट

प्रधानमन्त्री ओली र भारतीय राजदूत बीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही […]

२६ बैशाख २०८२, १०:०६ साँझ
वाईसियल मकवानपुरको अध्यक्षमा मुक्ति लामा चयन

वाईसियल मकवानपुरको अध्यक्षमा मुक्ति लामा चयन

मकवानपुर: नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) नेपाल मकवानपुरको अध्यक्षमा मुक्ति लामा सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनबाट लामा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । लामाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । केही पदाधिकारी भने चयन हुन बाँकी छ । नवनिर्वाचित अध्यक्ष लामाले आफनो कार्यकालमा […]

२३ बैशाख २०८२, ९:४९ साँझ
सिन्धुली हरिहरपुरगढीमा एमाले पार्टी कार्यालय भवनको शिलान्यास

सिन्धुली हरिहरपुरगढीमा एमाले पार्टी कार्यालय भवनको शिलान्यास

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ झनझनेमा नेपाल कम्युनिस्ट पार्टी एमाले हरिहरपुरगढीको पार्टी कार्यालयको शिलान्यास भएको छ। जग्गा दाताहरु हिरा लामा र इन्द्रबहादुर राईबाट प्राप्त दश धुर जमिनमा कार्यालय निर्माण हुने भएको हो । हिजो शुक्रबार भएको शिलान्यास कार्यक्रमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एबंम सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा, केन्द्रिय सदस्यहरु बिषमलाल अधिकारी […]

६ बैशाख २०८२, ९:१२ बिहान
सांसद दीपक बोहोराको निधन

सांसद दीपक बोहोराको निधन

सांसद तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ ।राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा उनको निधन भएको हो ।राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार लामो समयदेखि घाँटीको समस्याबाट पीडित थिए ।रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् ।उनले नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए ।

१९ चैत २०८१, १:४२ दिउँसो
बागमतीमा कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय विरुद्ध  नागरिक सडकमा

बागमतीमा कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय विरुद्ध नागरिक सडकमा

बागमती: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध बागमती गाउँपालिकाका नागरिक सडकमा उत्रिएका छन् । बुधबार वाइसीएल नेपाल बागमती गाउँपालिका कमिटी र अखिल क्रान्तिकारी पालिका कमिटीले संयुक्त आयोजना गरेको विरोध प्रदर्शनमा जनता सडकमा उत्रिएको हो । बुधबार बागमती-४ स्थित झुरझुरेमा विरोध प्रदर्शन र जुलुस गरिएका छन् । वाइसीएल बागमती कमिटीका अध्यक्ष आकाश लोप्चनको […]

१३ चैत २०८१, १०:४३ साँझ
संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल

मकवानपुर :फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना गरेको “संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षता र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा सभामुख घिमिरेले संसदमा विचाराधिन रहेका निजामति कर्मचारी, […]

१० चैत २०८१, ७:०८ बिहान
प्रेस चौतारीको महाधिवेशन भोलिबाट विराटनगरमा सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

प्रेस चौतारीको महाधिवेशन भोलिबाट विराटनगरमा सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदै छ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसक्नु भएको छ । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज […]

९ चैत २०८१, ८:५३ साँझ
सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै, अखिल क्रान्तिकारीको प्यानलै विजयी

सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै, अखिल क्रान्तिकारीको प्यानलै विजयी

सिन्धुली । सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा  नेकपा (एमाले) निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ । क्याम्पसको स्ववियू अध्यक्षमा क्रान्तिकारीका विशेष राई निर्वाचित भएका छन् । राईले ११० मत ल्याएका छन् भने नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट उमेद्वारा बनेका दीपेश मैनालीले ५६ मत प्राप्त गरेका थिए । कुल […]

५ चैत २०८१, ९:१९ साँझ
शान्तिपुरमा विभिन्न पार्टी परित्याग गरि ८४ जना माओवादीमा प्रवेश

शान्तिपुरमा विभिन्न पार्टी परित्याग गरि ८४ जना माओवादीमा प्रवेश

बागमती: बागमती गाउँपालिका-८ स्थित शान्तिपुर चापट न्यूरेनीमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार पार्टी ८ नम्बर कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा ८४ जना पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले ,नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ताहरु रहेका छन् । नव प्रवेशीहरुलाई […]

९ माघ २०८१, ७:११ बिहान
माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको प्रथम बैठक सम्पन्न

माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको प्रथम बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हरिहरपुरगढी गाउँ कमिटीको प्रथम बैठक आज आइतबार सम्पन्न भएको छ । गाउँ कमिटीका अध्यक्ष जितबहादुर ठाडाको अध्यक्षता तथा पार्टीका सिन्धुली जिल्ला इञ्चार्ज बुद्धिमान माझीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।बैठकलाई सम्बोधन गर्नुहुँदै जिल्ला इन्चार्ज माझीले माघ महिनाभित्रमा पार्टीको आन्तरिक सुदृढीकरणसहित बैठक, भेला सभा, सम्मेलन सम्पन्न सरिसक्ने बताउनुभयो । उहाँले […]

६ माघ २०८१, ९:३९ साँझ
माओवादी कार्यकर्ताका लागि प्रशिक्षण आवश्यक छ : प्रदेश सदस्य बज्रध्वज वाईबा

माओवादी कार्यकर्ताका लागि प्रशिक्षण आवश्यक छ : प्रदेश सदस्य बज्रध्वज वाईबा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य बज्रध्वज वाईबाले कम्युनिस्ट विचारधारा प्रभावकारी बनाउन कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने बताउनुभएको छ । कार्यकर्ताको व्यवहारमा कम्युनिस्टपन नदेखिएकोले प्रशिक्षण आवश्यक रहेको उहाँको भनाइ छ ।‘माओवादी केन्द्रका कार्यकर्तालाई कम्युनिस्ट सिद्धान्तमा पोख्त बनाउन जरुरी भएको छ । त्यसैले पार्टीमा तत्काल राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउनुपर्छ,’ आइतबार माओवादी केन्द्र हरिहरपुरगढी गाउँ […]

६ माघ २०८१, ९:२३ साँझ
हरिहरपुरगढी युबा संघ नेपालको अध्यक्षमा अर्पण बम्जन चयन

हरिहरपुरगढी युबा संघ नेपालको अध्यक्षमा अर्पण बम्जन चयन

सिन्धुलीको हरिहरपुरगढीमा युबा संघ नेपाल हरिहरपुरगढी गाउँ कमिटिको दोस्रो अधिबेशन सम्पन्न भएको छ। हरिहरपुरगढीको वडा नम्बर -५ भलखडामा एमालेको भातृ संगठन युबा संघ नेपाल हरिहरपुरगढी गाउँ कमिटिको अधिबेशन सम्पन्न भएको हो। अधिबेशनमा नेकपा एमाले केन्द्रिय सदस्य कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको थियो,युबा संघका केन्द्रिय सदस्य दिपक माझी,बागमती प्रदेश युबा संघका सदस्य दुर्गा श्रेष्ठ,युबा संघ सिन्धुलीका […]

६ माघ २०८१, १०:४४ बिहान
हरिहरपुरगढीमा अनेरास्ववियु प्रथम अधिबेशन सम्पन्न

हरिहरपुरगढीमा अनेरास्ववियु प्रथम अधिबेशन सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हरिहरपुरगढीको प्रथम अधिबेशन आज हरिहरपुरगढी -४ जुटपानीमा सम्पन्न भएको छ। अनिल अस्थानीको अध्यक्षता,अनेरास्ववियु बागमती प्रदेश सचिबालय सदस्य क. सन्तोष घिमिरेको प्रमुख एबंम नेकपा एमाले केन्द्रिय कमिटी सदस्य क.कमल जंग राईको बिशिस्ट आतिथ्यता अखिल जिल्ला पदाधिकारी,नेकपा एमाले जिल्ला कमिटी सदस्य र हरिहरपुरगढी पालिका कमिटी पदाधिकारीहरु लगायतको उपस्तिथिमा सम्पन्न अधिबेशन बाट […]

२८ पुष २०८१, ८:१३ बिहान
बागमतीको मन्साहीमा एक दर्जन एमाले र काङ्ग्रेस परित्याग गरि माओवादीमा प्रबेश

बागमतीको मन्साहीमा एक दर्जन एमाले र काङ्ग्रेस परित्याग गरि माओवादीमा प्रबेश

बागमती – बागमती गाउँपालिका वडा नम्बर ७ मन्साहीका झण्डै एक दर्जन एमाले र काङ्ग्रेस पार्टी परित्याग गरि माओवादीमा गरेका छन। आज बिहिवार मन्साहीको घैयाखोरियामा एक कार्यक्रमका बिच अकल बहादुर वाइबाको नेतृत्वमा कुमार थापा, गोकर्ण तिमल्सिना ,बलराम ब्रामु, अनिश वाइबा ,दिपक तिमल्सिना ,अन्त नारायण गौतम ,हेमनाथ गौतम,चन्द्र कुमारी थापा ,सलिना हुमागाई , शिबकुमारी हुमागाई,प्रमिला थापा मगर,च्याप्सङ […]

२५ पुष २०८१, ८:५३ साँझ
हरिहरपुरगढीमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको दोश्रो गाउँ अधिबेशन सम्पन्न

हरिहरपुरगढीमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको दोश्रो गाउँ अधिबेशन सम्पन्न

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशन हरिहरपुरगढी-५ बोटेनीमा सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एबंम सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा प्रमुख आतिथ्यतामा, बागमती प्रदेश उद्योग तथा बाणिज्य मन्त्री माननीय शुकुमायाँ तामाङको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कमल जंग राई,केन्द्रिय सल्लाहकार परिषद […]

२५ पुष २०८१, ८:३६ साँझ
माओवादी केन्द्र हरिहरपुरगढी अध्यक्षमा अजित ठाडा विजयी

माओवादी केन्द्र हरिहरपुरगढी अध्यक्षमा अजित ठाडा विजयी

हरिहरपुरगढी गाउँपालिका कमिटीको दोश्रो गाउँ सभाबाट नेकपा माओवादी केन्द्र अध्यक्षमा जित बहादुर ठाडा”अजित”निर्वाचित हुनुभएको छ ।पदाधिकारी सर्बसम्मत नभएपछि निर्बाचन भएको थियो कुल मत ९१ मत ल्याए अजित अध्यक्षमा विजयी हुनु भएको हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी बिल बम्जनले ६३ मत ल्याउनु भएकाे छ भने काेषाध्यक्षमा रमेश घलान”कार्साङ” ११४ मत सहित विजयी हुनुभएको छ । निकटतम […]

१९ पुष २०८१, १०:३२ साँझ
बागमतीको शान्तिपुरमा विभिन्न पार्टी परित्याग गर्दै ५ दर्जन माओवादी केन्द्रमा प्रवेश

बागमतीको शान्तिपुरमा विभिन्न पार्टी परित्याग गर्दै ५ दर्जन माओवादी केन्द्रमा प्रवेश

बागमतीः बागमती गाउँपालिका वडा नम्बर ८ स्थित शान्तिपुरमा दर्जनौं जनता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । शुक्रबार पार्टी वडा नम्बर ८ कमिटीले एक कार्यक्रमका बीच ५ दर्जन जनतालाई पार्टीमा प्रवेश गराएर स्वागत गरेको हो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलानले देश र जनताको मुहार फेर्न माओवादीले काम […]

१९ पुष २०८१, १०:१० साँझ
माओबादी केन्द्र हरिहरपुरगढीको दोस्रो गाउँ सम्मेलन पुष १९ गते क्वाटरमा हुदै

माओबादी केन्द्र हरिहरपुरगढीको दोस्रो गाउँ सम्मेलन पुष १९ गते क्वाटरमा हुदै

सिन्धुली हरिहरपुरगढी गाउँपालिका माओबादी केन्द्रको दोस्रो गाउँ सम्मेलन यहि पुष १९ गते हुने भएको छ।गाउँ सम्मेलन हरिहरपुरगढी -७ क्वाटरमा हुने भएको हो।पालिकाको ८ वडाबाट प्रतिनिधि सहितको सहभागीतामा सम्मेलन हुने पालिका पार्टी इन्चार्ज ज्ञान बहादुर राईले बताउनुभयो।दोश्रो अधिबेशनबाट नयाँ नेतृत्वले गाउँ कमिटीको सङठ्नलाई अर्को उचाईमा पुर्याउने राईले दाबी गर्नुभयो ।

१५ पुष २०८१, ९:२३ बिहान
वृन्दावनमा नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत रवैया विरुद्ध ज्ञापनपत्र

वृन्दावनमा नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत रवैया विरुद्ध ज्ञापनपत्र

रौतहट , १५ पुष:रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले नगरपालिकालाई जनताको हकहितमा नभई आफ्नो निजि कम्पनिको रुपमा नगरपालिका संचालित गर्दै भ्रष्टचारमा चुर्लुम डुवेको तथा नगरवासीको भावना नवुझी स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित ऐन कानुन विपरित काम गरेको भन्दै नगरप्रमुख विनोद पटेललाई चेतावनी सहितको ज्ञापनपत्र बुझाइएको छ । नेकपा एमालेका प्र्रदेश […]

१५ पुष २०८१, ८:३४ बिहान
स्थानीय तहको उपनिर्वाचन मनोनयन दर्ता आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म

स्थानीय तहको उपनिर्वाचन मनोनयन दर्ता आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म

 यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ […]

१ मंसिर २०८१, ९:१९ साँझ