सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा भोली मंगलबारबाट आँखा र दाँत सम्बन्धी बृहत् शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही वैशाख २३,२४ र २५ गते तीन दिन निःशुल्क शिविर सञ्चालन गर्न लागेको हो । काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ । शिविर हरिहरपुरगढी गाउँपालिका […]
हेटौंडा: नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि प्रसाद हुमागाईले प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र महाँसंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीका लागि माग […]
श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदै छ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसक्नु भएको छ । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज […]
बागमती: मकवानपुरको बागमती गाउँपालिका-३, सुख्खा निवासी हिमाल विकलाई आरण सामग्री वितरण गरिएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष सर्केस घलान, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, पालिकाका सामाजिक विकास संयोजक एवम् बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रिन लगायतका टोलीले विकको घरमै पुगेर आरण सामग्री वितरण गरिएको हो । विकलाई निवासमै पुगेर ५० हजार रुपैयाँ बराबरको आरण सामग्री […]
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -१ बसेरी गढी किल्लामा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली सेना श्री भवानीबक्स गण र हरिहरपुरगढी गाउँपालिकाको सहकार्य तथा समन्वयमा ऐतिहासिक हरिहरपुरगढी – सिन्धुलीगढी पदयात्रा आज एक औपचारिक कार्यक्रम बिच सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा, श्री नं ९ वाहिनी […]
सिन्धुली: किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज सम्पन्न भएको छ । गत बुधबार देखि सञ्चालन भएकाे साे कार्यक्रम आज शुक्रबार सम्पन्न भएकाे हाे ।हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जी स्थित हायात […]
सिन्धुली : किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी सुरू भएको छ । बुधबार हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जीस्थित हायात हाेटलमा गाेष्ठी सुरू भएको हो । किरात देवास राईहरूकाे बाेल्ने देवास भाषाकाे पाठ्यक्रम एवम् […]
हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाट संघको सशक्त नेतृत्वको आवश्यकताबारे आफ्नो स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएका छन्। संघको हालका गतिविधि र व्यवसायीहरूको समस्याप्रति असन्तुष्टि व्यक्त गर्दै उनले व्यवसायीहरूको हक, अधिकार, र हितलाई सुदृढ गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको बताउछन । व्यवसायीक सोच, योजनाबद्ध दृष्टिकोण, र सुधारको अठोट लिएर अघि […]
सिन्धुलीको इनारपानीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । हिजो साँझ ७ः५० बजेको समयमा कमलामाई ननगरपालिका वडा नं.९ ईनारपानी स्थित मदन भण्डारी राजमार्गमामा दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो। ना ४७ प ६४४ नं. को एफजेट बाईक भिमानबाट चन्दनपुर तर्फ जाँदै गर्दा मोटरसाईकल अनियन्त्रित भई सडकको बाँया साईडको पिलरमा ठोक्किन गई दुर्घटना […]
सिन्धुलिको हरिहरपुरगढी गाउँपालिका–१ गुर्जीडाँडा स्थित सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । आज एक समारोहबीच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले भवनको उद्घाटन गर्नुभएको हो । विद्यालयको सुन्दर भवनबाट बालबालिकालाई उन्नत ज्ञान र चेतना प्रवाह गर्ने सामर्थ्य राख्ने अपेक्षा व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनले नवनिर्मित विद्यालयमा आवश्यक सामग्री डेस्क बेञ्चका […]
आज बाट छ्ठ पर्व सुरु भएको छ ।चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने […]
बारा,१९ कार्तिक – रोशन गहतराज पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ-९ मा एउटा यात्रुवाहक बस पल्टेको छ। आज दिउँसो २ बजे जनकपुरबाट नारायणगढ तर्फ जान लागेको हेमा सुपर डिलक्स बस साईकलयात्रीलाई बचाउन खोज्दा पल्टिएको प्रहरिले जनाएको छ। बसमा सवार ३६ जना घाइते भएका बसका सहचालकलाई उधृत गर्दै निजगढ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुश्वाहले जानकारी […]
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, आज भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ। भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड […]
कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय […]
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा […]
यो बर्षको विजया दशमीको साइत आज असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बिहान ८ बजे ३३ मिनेट देवी विसर्जन गरी ११ बजेर ३६ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको हो । विजया दशमीको प्रसाद ग्रहण गर्दा […]
असोज १७, झनझने: सिन्धुलीको हरिहरपुरगढीमा असोज ११,१२ मा परेको अविरल वर्षा र बागमति नदीमा आएको बाढीले प्रत्यक्ष बाढी पीडित ,विपद् प्रभावित परिवारहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुली ,जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुली संयोजक एंव सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली, प्लान ईन्टरनेशनल (ह्याण्ड्स नेपाल र जेएसडिपी), वर्ल्ड भिजन ईन्टरनेशनल (रिलिफ नेपाल […]
असोज १७:नेपाली हिन्दुहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ […]
नेपाल सरकारले असोज १० देखि १२ सम्म निरन्तरको झरीपछि गएको बाढीपहिरो र डुबानबाट हालसम्म १७ अर्बको क्षति अनुमान र २२४ जनाले ज्यान गुमाएकाे अनुमानित प्रारम्भिक विवरण सार्वजनिक गरेकाे छ।प्रधानमन्त्री केपी शर्माले ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद् घटनामा भएको जनधनको क्षति विवरणबारे पत्रकारलाई जानकारी दिएका हुन्।मुख्यसचिव अर्यालका अनुसार हालैको झरीले २१ जिल्ला […]