मेरो पत्र Logo
मेरो पत्र Logo

Breaking News

विज्ञापन
पूर्व प्रधानमन्त्री प्रचण्ड लडेर घाईते

पूर्व प्रधानमन्त्री प्रचण्ड लडेर घाईते

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन्। गए राति खुमलटारस्थित निवासकाे शौचालयमा लडेका प्रचण्डलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ।   राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्डलाई इमर्जेन्सीमा भर्ना भएका थिए। उनी आज विहान पाँच बजे डिस्चार्ज भएको […]

२४ बैशाख २०८२, ७:२९ बिहान
एमालेका नेता एवं  पूर्वमन्त्री प्रदीप नेपालको निधन

एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय उनलाई पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो । उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेपाल नेकपा एमालेका पूर्व स्थायी […]

२३ बैशाख २०८२, ५:३५ दिउँसो
कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

मकवानपुर: हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरिको कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ स्थित ललितपुर तर्फको बागमती खोलामा बाटो बगाएपछि सडकखण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान ६:१५ बजे बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो वर्षाको कारण […]

२१ बैशाख २०८२, ७:१८ बिहान
हरिहरपुरगढी वडा नम्बर ५ की वडा सदस्य सन्चमायाको निधन,बैशाख १० गते शोक विदा

हरिहरपुरगढी वडा नम्बर ५ की वडा सदस्य सन्चमायाको निधन,बैशाख १० गते शोक विदा

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको वडा नं.५ की वडा सदस्य सन्च माया स्याङ्वाको निधन भएको छ ।केही समय देखि अस्वस्थ रहनु भएको वहाको आज ३७ वर्षको उमेरमा दुखद निधन भएको परिवारजनले बताउनुभयो । वडा सदस्यको निधनको खबरले गाउँपालिका परिवार स्तब्ध भएको दुखको घडीमा मृतक स्व. सन्च माया स्याङ्वाको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै […]

९ बैशाख २०८२, १०:३७ साँझ
हरिहरपुरगढीको चिसापानीमा हस्तकला सामाग्री निर्माण तालिम सम्पन्न

हरिहरपुरगढीको चिसापानीमा हस्तकला सामाग्री निर्माण तालिम सम्पन्न

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित चिसापानीमा १ महिने बेदवाँस जन्य हस्तकला सामग्री निर्माण सम्बन्धी तालिम आज सम्पन्न भएको छ ।एक कार्यक्रम बिच हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो । हरिहरपुरगढी गाउँपालिकाका आर्थिक विकास शाखाका प्रमुख सन्जीत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, लघुउद्यमका […]

३ बैशाख २०८२, ७:०४ साँझ
बागमतीको भुवनचुलीमा दंगालको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्बजनिक

बागमतीको भुवनचुलीमा दंगालको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्बजनिक

 हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाका मिलन दंगालको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेर अनुसंधान अगाडी बढाएको छ । यही चैत १९ गते बेलुकाको समयमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–८ भुवनचुलि देउडीभञ्ज्याङ स्थित धरान चतरा सडकको नालीमा हत्या गरिएको अवस्थामा दंगाल फेला परेका थिए । उनीहरुलाई हत्या गरेको आसंकामा प्रहरीले चार जना सहिला सहित सात […]

२२ चैत २०८१, ५:२२ बिहान
सिन्धुलीको दुधौलीमा ईभी गाडी दुर्घटना एक जनाको मृत्यु११ घाइते

सिन्धुलीको दुधौलीमा ईभी गाडी दुर्घटना एक जनाको मृत्यु११ घाइते

सिन्धुली : मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-४, एकहटियामा बिहीबार ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका-१० औलका २६ वर्षीय प्रेम राना मगर रहेका छन्। दुर्घटना उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१–४४५ नम्बरको ईभी गाडी […]

२१ चैत २०८१, ११:०२ बिहान
बागमतीको भुवनचुलीमा  एक ब्यक्ति मृत फेला

बागमतीको भुवनचुलीमा  एक ब्यक्ति मृत फेला

मकवानपुरको बागमती गाउँपालिका र बकैया गाउँपालिकाको सिमानास्थित भुवनचुलीमा एक पुरुष शंकास्पद अवस्थामा मृत भेटिएका छन् । हेटौंडा-१६ का मिलन दङ्गाल राजमार्ग छेउमा मृत अवस्थामा भेटिएका हुन् । घटना बेलुकाको हुन सक्ने र विहान मात्र थाहा पाएका छन् । उक्त घटनापछि पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् भने सवारी साधनहरु आवगमन ठप्प छ […]

२० चैत २०८१, ९:३१ बिहान
काठमाडौको तिनकुने क्षेत्रमा सेना परिचालन

काठमाडौको तिनकुने क्षेत्रमा सेना परिचालन

काठमाडौं । राजावादी प्रदर्शनकारीले काठमाडौंका ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरिरहेका बेला काठमाडौंको तीनकुनेको सडकमा नेपाली सेनाको टोली परिचालन भएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएपछि आम जनताले सेना परिचालन भएको अनुमान लगाएका छन् । नेपाली सेनाले काठमाडौं उपत्यकामा सेना परिचालन नभएको, तर आगजनी र लुटपाटजस्ता घटना भएका कारण त्यसको नियन्त्रणका […]

१५ चैत २०८१, ६:०१ साँझ
काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा  सविन महर्जनको गोली लागेर मृत्यु

काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा  सविन महर्जनको गोली लागेर मृत्यु

काठमाडौं । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

१५ चैत २०८१, ६:०० साँझ
काठमाडौको तिनकुने जडिबुटी क्षेत्रमा कर्फ्यु

काठमाडौको तिनकुने जडिबुटी क्षेत्रमा कर्फ्यु

काठमाडौं । काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो। शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यू आदेशमा राति १० बजेसम्म सो क्षेत्रभित्र भेला जुलुश प्रदर्शन […]

१५ चैत २०८१, ५:०४ दिउँसो
कोटेश्वरको भाट्भटेनी प्रदर्शनकारीले लुटे

कोटेश्वरको भाट्भटेनी प्रदर्शनकारीले लुटे

काठमाडौं । प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन्। राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको उक्त समूहले सुरक्षा गार्डमाथि हातपात गर्दै सुपरस्टोरभित्र प्रवेश गरेको थियो। त्यसपछि उनीहरूले सामान लुटपाट गरी बाहिर निकालेर आगजनीसमेत गरेका थिए। सञ्चालकले सुरक्षा माग गर्दै प्रहरीलाई बोलाए पनि प्रहरी समयमै नआएको गुनासो गरेका छन्। यसैबीच, सोही समूहले तीनकुने नजिकैको […]

१५ चैत २०८१, ४:५९ दिउँसो
राजाबादी समर्थकले तिनकुनेमा घरमा आगो लगाए

राजाबादी समर्थकले तिनकुनेमा घरमा आगो लगाए

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् । अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् । उक्त घरभित्र मानिसहरू छन् । छतबाट मानिसहरूले प्रहरी नभएको इसारा हातले गरिरहेका छन् । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था […]

१५ चैत २०८१, ४:५६ दिउँसो
सिन्धुलीको मरिणमा भरुवा बन्दुक बोकेका वाईबा पक्राउ

सिन्धुलीको मरिणमा भरुवा बन्दुक बोकेका वाईबा पक्राउ

सिन्धुली प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । मरिण  गाउँपालिका–  ३ वरुण  बस्ने ४० वर्षका सूर्य कुमार वाइबाले भरुवा बन्दुक लिएर सिकार खेल्न  हिँडिरहेको अवस्थामा  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट   खटिएको प्रहरी टोलीले बेताल सामुदायिक वनबाट  १ थान भरुवा बन्दुक र सो बन्दुकमा प्रयोग हुने बारुद सहित फेला […]

८ चैत २०८१, १०:०३ साँझ
सिन्धुलीको कमला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका विवेक लुइँटेल विजयी

सिन्धुलीको कमला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका विवेक लुइँटेल विजयी

सिन्धुलीमाढी । सिन्धुलीको दुधौलीस्थित कमला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका टेक प्रसाद लुइँटेल (विवेक) विजयी भएका छन् । अनेरास्ववियुबाट उम्मेदवार बनेका लुइँटेलले १२१ मत प्राप्त गरेर विजयी भएका छन् । यसैगरी सचिव अनेरास्ववियुकी प्रमीला पोखरेल र कोषाध्यक्षमा नेविसंघकी जमुना कार्की निर्वाचित भएकी छिन् । सदस्यमा दीपिका कुमर, सुस्मा थापा मगर, सविता ढुङ्गाना र दोजबहादुर […]

५ चैत २०८१, ९:१६ साँझ
काठमाण्डौको टोखाबाट २५ करोड सहित एक पक्राउ

काठमाण्डौको टोखाबाट २५ करोड सहित एक पक्राउ

काठमाडौंको टोखामा ट्रकमा बोकेको अवस्थामा प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो ।कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ […]

५ चैत २०८१, ५:३८ दिउँसो
हरिहरपुरगढीमा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न

हरिहरपुरगढीमा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । पालिका प्रमुख अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा यस हरिहरपुरगढी गाउँपालिकाका सामुदायिक तथा सँस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई लक्षित गरेर सचेतना […]

४ चैत २०८१, ९:३० साँझ
महोत्तरी ५४७ किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा

महोत्तरी ५४७ किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा

सिन्धुली। महोत्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ । सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको बा ३ ख ५८३२ नम्वरको मिनिट्रकलाई रोकेर चेकजाँच गर्दा ३५ पोकामा लुकाएर लगिँदै गरेको ५४७ किलो गाँजा बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ । बर्दिबास नगरपालिका ३ अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडा स्थित शंका लागेर चेकजाँच गर्दा उक्त ट्रकको हुडमा फल्स […]

४ चैत २०८१, ११:१५ बिहान
बागमतीको बोटगाउँमा राईको घरमा आगलागि अन्न जलेर नष्ट

बागमतीको बोटगाउँमा राईको घरमा आगलागि अन्न जलेर नष्ट

मकवानपुरको बागमती गाउँपालिका -१ बोटगाउँको एक घरमा आगलागि ल भएको छ। आज बिहान ९:३० बजेको समयमा बर्ष ६१ कि फगुनि राईको बाँस र काठले बनेको, खरले छाएको एकतले घरको भान्सा कोठामा दाउराबाट खाना पकाउने क्रममा आगोको झिल्का निस्कि घरको छानामा गई आगोलागी हुदा घरमा क्षती पुगेको तथा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय […]

२८ फागुन २०८१, २:३९ दिउँसो
सामुहिक बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना किशोर पक्राउ

सामुहिक बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना किशोर पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा ७ जना किशोरहरुलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-२ स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा गत माघ ६ गते बिहान करिब ८ः३० बजे भएको जबरजस्ती करणी घटनाको सम्बन्धमा पीडित युवतीले फागुन २१ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गरी फागुन २२ गते […]

२४ फागुन २०८१, १:०६ दिउँसो