अखिल क्रान्तिकारीकि अध्यक्ष पञ्चा सिंह सहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारि





हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पंचा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
१५ वर्ष पहिले कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी गरेको छ
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले पुरानो घटनामा जाहेरी आएको र ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी गराउनु भएको छ।
२०६५ साल फागुन २६ गते मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह,बालकृष्ण सिंह, टंकबहादुर सिंह, पदमबहादुर रावत, वीरबहादुर मल्ल र अलि कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
सेयर गर्नुहोस्:

