हरिहरपुरगढी वडा नम्बर ३ मा ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न





सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ रानीपानि वडा कार्यालय तथा कुशदमारमा एकीकृत घुम्ती शिविर’ सम्पन्न भएको छ। शिविर मार्फत ३२९ जना सेवाग्राही लाभान्वित भएका छन ।
शिविरमा वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भोलन”उज्ज्वल ”, पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङ तथा शाखागत कर्मचारीको उपस्थितीमा स्थानीयहरुलाई सेवा प्रदान गरिएको थियो ।

शिविरमा १९५ जनालाई सामाजिक सुरक्षा भत्ता, २३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र,अपाङ्ग परिचय पत्र १ जना यसैगरी ११० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै ३११ वटा पशुको समेत उपचार गरिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ जेठ ५ गतेका दिन वडा नम्बर ८ बाट शुभारम्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले घुम्ती शिविरको उद्घाटन गर्नुभएको थियो ।

भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण सेवाबाट वञ्चित भएका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम छ ।

