Skip to content

भाइरल जंगल सफा गर्दै जनता माविले विश्व बाताबरण दिवस मनायो

भाइरल जंगल सफा गर्दै जनता माविले विश्व बाताबरण दिवस मनायो
प्रकाशित:
शब्दको आकार

झनझने,जेठ २३ : ५१ औ विश्व वातावरण दिवसको अवसरमा "हाम्रो माटो हाम्रो भविष्य" भन्ने मूल नाराका साथ मंगलबार हरिहरपुरगढीको जनता माबि बखफरले प्लेकार्ड सहीत जनचेतनामूलक र्याली गरि मनाएको छ।


आफ्नो विद्यालय हाताभित्र सरसफाई गरि ,नजिकै रहेको मदन भण्डारी राजमार्ग अन्तर्गत भाईरल जङ्गल रोडको प्रतिक्षालय क्षेत्र वरपर रहेको फोहोर सफा समेत गरेको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विव्यस. अध्यक्ष सहितको सकृय सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भयो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७३ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts